महानायक राजेश हमालले फिल्म ‘जात्रा’ हेरेका छन् । तेश्रो सातामा प्रर्दशनरत प्रदीप भट्टराई निर्देशित फिल्म हेरेपछि महानायक हमालले आफु ‘जात्रा २’ को प्रतिक्षामा रहेको बताएका छन् ।

rajesh-madhu

जीवनसाथी मधु भट्टराईसँग ‘जात्रा’ हेर्न कुमारी हल पुगेका हमालले कथाले अन्तिमसम्म नै बाँधेर राखेको प्रतिक्रिया दिए । ‘निकै मज्जाले हँसायो, दर्शकहरुले निकै मनोरञ्जन लिएको पाएँ, उनले भने । निकै प्रशंसा सुनेर ‘जात्रा’ हेर्न आएका हमाल जोडीले विवाह पछि सँगै बसेर हेरेको ‘जात्रा दोश्रो फिल्म हो रे । ‘विवाह हुनुअघि त बेलाबखतमा हलमा गएर फिल्म हेर्न सँगै जान्थ्यौँ । विवाह पछि ‘बाग्मति’ भन्ने फिल्म हेरेका थियौँ’ मधुले भनिन् ।

rajesh-madhu-jatra-team

‘जात्रा’ को कथालाई लम्ब्याएर ‘जात्रा २’ निर्माण गर्न सकिने सम्भावना पनि रहेको उनीहरुको भनाई छ । उनीहरुको सुझावलाई सकारात्मक रुपमा लिइएको निर्देशक प्रदिप भट्टराईले बताए । तर, निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाँले भने ब्याजसहित फिल्मले लगानी उठाइसकेको भन्दै राम्रो स्किप्ट बनेको खण्डमा मात्र ‘जात्रा २’ बन्ने स्पष्ट गरेका छन् ।

For More videos Log on to Mazzako TV