निर्देशक श्याम भट्टराईले आफुलाई पुर्व पत्नी रञ्जना शर्माले मार्ने धम्की दिएको दाबी गरेका छन् । सम्बन्ध बिच्छेद नदिएर आफु पिडित भएको भनी मिडियामा बोलेपछि नेपालबाट रञ्जनाले फोन गरेर मार्ने धम्की दिएको निर्देशक भट्टराईले बताए । त्यस प्रकारको समाचारपछि आफुलाई मार्ने धम्की आएको श्यामले फेसबुक स्टाटसमा पनि लेखेका छन् ।

shyam-bhattarai-ranjana-sharma

‘मरिदिन्छु र मरिदिने भन्नुहुन्छ । अब म कहाँ गएर मर्ने होला ?’ मज्जाको अनलाइन डटकसँग कुरा गर्दै श्यामले भने, ‘म उहाँबाट निकै पिडित छु ।’ कसरी ? ‘सात वर्षदेखि उहाँ छुट्टिएर बस्नु भएको छ र उहाँले मलाई डिभोर्स पनि दिनुहुन्न । मैंले अर्को घरजग गर्न पाएको छैन् ।’ यसबारे रञ्जनासँग बुझ्दा आफुले मार्ने धम्की नदिएको र सामान्य गफगाफ मात्रै भएको बताइन् । मज्जाको टिभीसँग उनले यस्तो भनेकी थिइन् :

For More videos Log on to Mazzako TV