फिल्म ‘छक्का पञ्जा’ एक सय दिन मनाउने बाटोमा छ । शहरका केही मल्टिप्लेक्समा यो फिल्म हेर्न दर्शकको भिड अझै पनि कायम छ । आफ्नो पहिलो निर्देशकिय फिल्मले सर्वाधिक कमाइ गर्दै एक सय दिन मनाउने पक्का भएपछि निर्देशक दिपाश्री निरौला खुसी नहुने कुरै भएन । दिपाको खुसीमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे सहित टिमका अन्य सदस्यहरु पनि खुसी छन् ।

deepak-dipa-magne-budda

प्रदर्शनको ८० दिन टेक्दा पनि ‘छक्का पञ्जा’ ले काठमाण्डौंको सिटी सेन्टर हलमा हाउसफूल दर्शकको साथ पाएपछि दिपक, दिपा र केदार घिरमे ‘माग्ने बुढा’ ले शनिबार सिटी सेन्टरबाटै मज्जाको विफी खिचेर फेसबुकमा पोस्ट गरे । जुन विफीमा उनीहरुको ‘एक्सप्रेसन’ निकै मज्जाको देखिन्छ । उनीहरुको टिमले फिल्मले कमाएको नाफाको केही प्रतिशित सामाजिक सेवामा पनि लगाउने निर्णग गरेको छ । ‘छक्का पञ्जा’ ले हालसम्म १६ करोडको ग्रस कलेक्सन गरेको छ, जुन व्यापार नेपाली फिल्मकै सर्वाधिक उच्च हो ।

For More videos Log on to Mazzako TV