फिल्म ‘पुरानो डुङ्गा’ ले दुई दिनमा एक करोड पचास लाखको कलेक्सन गर्न सफल भएको छ । निर्माता, वितरक तथा हलवालाको रिपोर्टलाई विश्वास गर्ने हो भने ‘पुरानो डुङ्गा’ को ओपनिङ ‘ड्रिम्स’ र ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ को भन्दा पनि उच्च हो ।

purano-dunga

निर्माता मणिराम पोखरेलको रिपोर्ट अनुसार फिल्मले शुक्रबार र शनिबार मात्रै राजधानीबाट एक करोडको व्यापार गरेको छ भने मोफसलबाट दुई दिनमा पचास लाख उठाएको छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा माओत्से गुरुङ, दयाहाङ राई, मेनुका प्रधान र प्रियंका कार्की मुख्य भूमिकामा प्रस्तुत भएका छन् । ‘पुरानो डुङ्गा’ राजधानीमा दुई दर्जन र मोसफलमा झण्डै ६० वटा हलहरुबाट प्रदर्शनमा आएको छ । प्रिमियरमा मिलेको प्रतिक्रिया हेर्नुस् : 

For More videos Log on to Mazzako TV