‘किङ्ग’ निखिलको वेनिशासँग के थियो अधुरो सपना ? (भिडियो)
फिल्म ‘किङ्ग’ को रोमान्टिक गीति भिडियो रिलिज भएको छ । जुन गीतको भिडियोमा ‘किङ्ग’ निखिल उप्रेती र नायिका वेनिशा हमाल फिचरिङ छन् । दिनेश सुनामको संगीत रहेको गीतमा प्रविशा अधिकारी र सन्नी सुनामको स्वर रहेको छ । गीतको शब्द लेखक तथा निर्देशक सविर श्रेष्ठले लेखेका छन् । गीतको भिडियो हेर्नुस् :
संजय लामाको सिनेम्याटोग्राफी अनि रामजी लामिछानेको कोरियोग्राफीमा सार्वजनिक ‘किङ्ग’ को गीति भिडियो निकै नै सुन्दर देखिन्छ । ‘अधुरो थियो सपना’ बोलको गीतले प्रेममा परेका युवा पुस्ताको मन चोर्न सक्छ । जगन श्रेष्ठको प्रस्तुती एवं जयन श्रेष्ठको निर्माण रहेको फिल्ममा निखिल र वेनिशासँगै अनुपविक्रम शाही, रुपा राणा र प्रस्तुतकर्ता जगन श्रेष्ठको अभिनय रहेको छ । ‘किङ्ग’ पुष २९ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV