rekha-thapa-and-chultim-gurung-in-dairry

डल्ली उर्फ छुल्ठिम गुरुङले निर्माण गरेको फिल्म ‘डायरी’ को टिजर रिलिज भएको छ । अनिल योञ्जनको पटकथा तथा निर्देशन रहेको यो फिल्मको टिजरमा रेखा थापालाई डन र छुल्ठिमलाई परीको रुपमा प्रस्तुत गरिएको छ । टिजर हेर्नुस् :

‘डायरी’ मा छुल्ठिमको अपोजिटमा नव नायक सन्नी सिंह प्रस्तुत भएका छन् । अनिल र छुल्ठिम दुवै निर्माता रहेको फिल्ममा राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन अनि स्वप्निल शर्मा, इमानविक्रम शाह र मानश राईको संगीत छ । छायाँकन सकिएर पोस्ट प्रोडक्सनमा रहेको ‘डायरी’ लाई चैतमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

For More videos Log on to Mazzako TV