फिल्म ‘नोभेम्वर रेन’ बाट रजतपटमा उदाएकी कलाकार हुन्, डल्ली अर्थात् छुल्ठिम गुरुङ । तर डल्लीले तारिफ पाएर पनि लगत्तै फिल्ममा अभिनय भने गरिनन् । केही समयसम्म उनलाई फिल्मप्रति वितृष्णा थियो । त्यसैले उनले आएका अफरलाई पनि लत्याइन् ।

chultim-sunny-in-dairy

बाहिरी ब्यानरका फिल्म छोडेर डल्लीले यतिबेला आफैंले फिल्म ‘डायरी’ निर्माण गरिरहेकी छिन् । अनिल योञ्जनको निर्देशन रहेको फिल्ममा डल्लीले हितैषी नायिका रेखा थापालाई भिलेनको रुपमा प्रस्तुत गरेकी छिन् । नेपाली फिल्म क्षेत्रमा हिरो सरह स्टारडम भएकी रेखाको भिलेन अवतार कस्तो होला त ? पक्कै पनि प्रतिक्षाको विषय बनेको छ ।

rekha-thapa-chultim-gurung-sunny-singh

उसो त वाही वाही पाउँदा पाउँदै पनि बाहिरी ब्यानरका फिल्म नखेलेर आफ्नै लगानीमा फिल्म बनाएकी डल्लीको डायरी कस्तो होला त ? निर्माण पक्षले यही शनिबार टिजर रिलिज गर्दैछ । पक्कै पनि यी जिज्ञासालाई ‘डायरी’ को टिजरले सम्बोधन गर्नेछ । डल्लीको अपोजिटमा नव नायक सन्नी सिंह छन् ।

For More videos Log on to Mazzako TV