बहुप्रतिक्षित फिल्म ‘पुरानो डुङ्गा’ ले बम्परको ओपनिङ गरेको छ । रामबाबु गुरुङ निर्देशित यो फिल्मले गोपिकृष्णमा मात्रै पाँच वटा हल हाउसफूल हुने गरी दर्शकको साथ पाएको छ । गोपिकृष्णका महाप्रवन्धक तीर्थ प्रसाद गौतमका अनुसार त्यहाँका गोपि, कृष्ण, ओम, नम र शिवाय हाउसफूल भएका छन् ।

purano-dunga

शहरका अन्य मल्टिप्लेक्स तथा एकल पर्दामा पनि ‘पुरानो डुङ्गा’ को बिहानी शो हाउसफूल भएको निर्माता मणिराम पोखरेलले बताए । उनका अनुसार गोपिकृष्ण सहित अष्णनारायण, गुण, गंगा लगायत हलहरुमा ‘पुरानो डुङ्गा’ हेर्ने दर्शकको घुइँचो छ । मोफसलमा ५८ वटा हल पाएको फिल्मले राजधानीमा झण्डै दुई दर्जन हल पाएको । ‘पुरानो डुङ्गा’ मा दयाहाङ राई, माओत्से गुरुङ, मेनुका प्रधान, प्रियंका कार्की र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ ।

For More videos Log on to Mazzako TV