हाँसिरहने मेनुकाको ‘पुरानो डुङ्गा’ मा रुवाउने रोल
कलाकार मेनुका प्रधानको एउटा छुट्दै नछुट्ने बानी छ, जुन सुकै कार्यक्रममा पनि आफ्नो हाँसोलाई थाम्न सक्दिनन् । स-सना कुराहरुमा पनि मेनुका खित्का छोडेर हाँस्छिन् । उनको यो हाँसोले बेलाबेलामा फसाएको पनि छ । ‘मेनुकाको बेमौसमी हाँसो’ भनेर गसिप नबनेका होइनन् । तर पनि उनी हाँस्न छोड्दिनन्, हाँसिरहन्छिन् ।
पर्दा बाहिर हाँसेर नथाक्ने मेनुकाले फिल्म ‘पुरानो डुङ्गा’ मा भने सबैलाई भावुक बनाइन् । बुधबार राजधानीमा गरिएको प्रिमियर शोमा सहभागी केही अतिथिको त मेनुकाको जीवन्त अभिनयबाट आँसु नै खस्यो । फेवातालमा डुङ्गा चलाउने निम्न वर्गिय माझीकी श्रीमतीको भूमिका निभाएकी मेनुकाले अभिनयबाट सबैको मन जितिन् । पात्रमा डुबेर फिल्म हेर्नेको आँखाबाट उनी आँसु बनेर झरिन् । आखिर आँसु नै झार्ने गरी कस्तो अभिनय गरेकी छिन् त मेनुकाले ? यही शुक्रबारदेखि देशभर लाग्दैछ, हलमा गएर ‘पुरानो डुङ्गा’ हेन सकिन्छ ।
उसो त ‘पुरानो डुङ्गा’ का लेखक माओत्से गुरुङले पनि फेवातालमा डुङ्गा चलाउने माझीको भूमिकालाई जीवन्त रुपमा उतारेका छन् । मेनुकापछि ‘पुरानो डुङ्गा’ मा माओत्से शसक्त रुपमा प्रस्तुत भएका छन् । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको ‘ए नीर’ बोलको गीतले पनि दर्शकको मन ‘पुरानो डुङगा’ तिर तानिरहेको छ ।
For More videos Log on to Mazzako TV