नायक सौगात मल्ल मुख्य भूमिकामा रहेको फिल्म ‘शब्द’ पौष २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । यसै साता प्रेसमिट गर्दै फिल्मको टिजर र पोस्टर सार्वजनिक गरिएको थियो फिल्मको नयाँ गीत पनि रिलिज गरिएको छ, जहाँ सौगातसँग कलाकार कमली वाइवाले कम्मर भाँचेकी छिन् । भिडियो हेर्नुस् :

समाजको विद्यमान परम्परा, चलनचल्ती, प्रेम र मित्रताबाट सिर्जना हुने अवस्थालाई समेटेर ‘शब्द’ निर्माण गरिएको निर्देशक सन्तोष शिवाकोटीले बताएका छन् । कास्की जिल्लाको सिकलेस गाउँमा छायांकन गरिएको यो सौगात र कमलीसँगै बाल कलाकार अनुभव रेग्मी र वसिन भट्टराईको मुख्य भूमिका छ ।

saugat-kamali1

छिरिङ दोर्जे लामाले निर्माण गरेको ‘शब्द’ मा यम थापाको लेखन, राजनराज शिवाकोटी र सुरेश गैरेको संगीतको संगीत रहेको छ । हामीले सौगात र कमलीको केही रोमान्टिक तस्बिरहरुलाई प्रस्तुत गरेका छौं ।

saugat-kamali

saugat-kamal2

For More videos Log on to Mazzako TV