तरकारीवालीको तरिका : फिल्म रिजेक्ट, छात्रवृत्ति एसेप्ट
तरकारीवाली अर्थात् कुसुम श्रेष्ठलाई निर्माणाधिन फिल्म ‘लम्फू’ को एक भूमिकामा अफर गरिएको थियो । तर, आफ्नो पहिलो प्राथमिकता अध्ययन रहेको भन्दै तरकारीवालीले उक्त फिल्मको अफरलाई लत्याएकी थिइन् । ‘लम्फू’ नखेल्ने भएपनि फिल्म निर्माण पक्षले भने तरकारीवालीलाई शैक्षिक छात्रवृत्ती दिने भएको छ ।
कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा कक्षा ११ र १२ को लागि छात्रवृत्ती प्रदान गर्ने ‘लम्फू’ निर्माण कम्पनी पपुलर मल्टी मीडियाले घोषणा गरेको छ। राजधानीको बबरमहलस्थित नेपाल मेघा कलेजको सहकार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ती प्रदान गर्ने गरिएको हो । छात्रवृत्ती पाईसकेपछि तरकारीवालीले आफ्नो लागि यो सहयोग अतुलनिय रहेको बताईन् । ‘यो सहयोग मेरो लागि अतुलनिय छ । उहाँहरुको चाहना अनुरुप मैंले उच्च शिक्षा प्राप्त गर्न निरञ्तर मेहनत गर्नेछु । अहिले मेरो प्रमूख प्राथमिकता भनेको अध्ययन नै हो’ । उनले आफु निम्न आर्थीक अवस्थामा रहेको समयमा यो सहयोग निकै ठुलो रहेको बताईन् । ‘उच्च शिक्षासँगै देशको नाम पनि राखेर मेरो देशको र मेरा बाबा आमाको सपना साकार पार्नेछु’ उनले भनिन् ।
शिक्षण शूल्क तथा छात्रवृत्ती प्रदान कार्यक्रममा काठमाण्डौबाट पपुलर मल्टी मीडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनी, पपुलर मल्टी मीडियाले बनाउँदै गरेको फिल्म ‘लम्फू’ का निर्देशक गोपाल चन्द्र लामिछाने, फिल्म निर्माता पुनम क्षेत्री गौतम, कलाकार सञ्जीत भण्डारी, बरिष्ठ साहित्यकार एल.बि. क्षेत्री, कुशुम श्रेष्ठका काका गोपिलाल श्रेष्ठ, क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिस चन्द्र शर्मा लगायतको उपस्थिती थियो ।
यस्तै निर्देशक गोपाल चन्द्र लामिछानेले कुशुमलाई आफुले ‘लम्फू’ फिल्म मा उनलाई सुहाउने गरी एक भूमिका रहेकोले अफर गरेको बताए । ‘कुशुमलाई सुहाउने भूमिकामा हामीले अफर गरेका थियौँ तर उहाँले पहिले पढ्ने मनसाय व्यक्त गर्नुभयो । पहिले शिक्षा र पछि जुनसुकै क्षेत्र रोज्न सक्ने भनेपछि हामीले उनलाई छात्रवृत्ती दिने बारेका निर्णय गरेका हौँ’ निर्देशक लामिछानेले भने, ‘उनको उच्च शिक्षाको लागि यो हाम्रो सानो सहयोग हो’ ।
निर्मात्री पुनम क्षेत्री गौतमले अवसर आयो भन्दैमा हाम फाल्न पनि नहुने र अवसरलाई नबुझी लत्याउन पनि नहुने बताईन् । गौतमले कुशुमले चाहेको खण्डमा मोडलिङ् क्षेत्रमा आफुले सहयोग गर्ने प्रतिवद्दता जनाईन् ।
For More videos Log on to Mazzako TV