बाह्र तस्बिरमा हेर्नुस् बहुप्रतिक्षित फिल्म ‘पुरानो डुङ्गा’ प्रिमियर

शुक्रबार, मंसिर १० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पुरानो डुङ्गा’ को बुधबार हात्तिसारस्थित जय नेपाल हलमा भव्य प्रिमियर शो गरिएको छ । रामबाबु गुरुङ निर्देशित यो बहुप्रतिक्षित फिल्मको प्रिमियरमा अभिनेता दयाहाङ राई सहित अन्य सेलिव्रेटीहरु पनि उपस्थित थिए । आर्यन सिग्देल, केकी अधिकारी, पूजा शर्मा, बर्षा राउत लगायत सेलिव्रेटी प्रिमियरमा आकर्षण बने । दयासँग आर्यनको क्यामेस्ट्री पनि मज्जाकै देखियो ।

लण्डनमा छायाँकन भैरहेको फिल्म ‘ह्याप्पी डेज’ कारण नायिका प्रियंका कार्की भने ‘पुरानो डुङ्गा’ प्रिमियरमा सहभागी हुन पाइनन् । दयाहाङ पनि बुधबारै लण्डनबाट नेपाल ‘ल्याण्ड’ भएर प्रिमियरमा सहभागी भएका थिए भने निर्देशक गुरुङ र दयाहाङ बुधबार नै ‘पुरानो डुङ्गा’ प्रिमियरको लागि अष्ट्रेलियातर्फ उडेका छन् ।

माओत्से गुरुङको कथा रहेको ‘पुरानो डुङ्गा’ मा दयाहाङ, लेखक गुरुङ स्वयम, मेनुका प्रधान र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । रामबाबु र उपेन्द्र सुब्बाको संयुत्त स्क्रिप्ट रहेको फिल्मले दुई दाजु भाईबिच पुरानो डुङ्गाले पर्ने विवाद अनि त्यसले उत्पन्न गर्ने परिस्थितिलाई देखाएको छ । ‘पुरानो डुङ्गा’ प्रिमियरका केही तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । तस्बिर : उद्धव रसाईली

















