‘दर्पण छायाँ २’ को टिजरलाई एक साताम डेढ लाख बढी भ्युअर्स
तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’ को टिजरलाई युट्युवमा करिब एक लाख असी हजारले हेरेका छन् । अपलोड भएको एक सातामा टिजरले यति धेरै भ्युअर्स पाएपछि निर्माण युनिट उत्साहित भएको छ । ‘टिजरमा दर्शकले दिएको प्रतिक्रियाले हामी उत्साहित भएका छौं’ निर्देशक घिमिरेले भनेका छन्, ‘फिल्म पनि दर्शकलाई मन पर्ने बनाएको छु ।’ फागुन २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘दर्पण छायाँ २’ को टिजर हेर्नुस् :
निर्देशक घिमिरे स्वयमको लेखन रहेको फिल्म ‘दर्पण छायाँ २’ मा नव कलाकारहरु पुष्पल खड्का, साहरा कार्की, शारदा प्रसाईं, फिरोज तिमल्सिना लगायत कलाकारहरुको अभिनय रहेको छ । साबु गदाल कार्की र रवि कार्कीको संयुत्त लगानी रहेको फिल्ममा डा.लोप्साङ लामाको प्रस्तुती छ । युट्युवमा भएको भ्युअर्सले पनि फिल्मप्रति दर्शकको चासो देखाउँछ । जुन चासो ‘दर्पण छायाँ २’ प्रति देखिएको छ ।
For More videos Log on to Mazzako TV