श्वेता भन्छिन्, ‘हो म दयाहाङसँग जोडी बाँध्दैछु’
नायिका तथा निर्मात्री श्वेता खड्का हाल अमेरिकामा छिन् । एक अवार्ड समारोहमा सहभागी हुन त्यहाँ गएकी श्वेताको यतिबेला नेपालमा भने नयाँ खबरले स्थान पाइरहेको छ । खबर अनुसार उनी अहिलेका चल्तापुर्जा अभिनेता दयाहाङ राईलाई लिएर फिल्म निर्माणमा फर्किदैछिन्, जुन फिल्ममा उनी स्वयम् नायिकाको रुपमा प्रस्तुत हुँदैछिन् ।
पती श्रीकृष्ण श्रेष्ठको असमायिक निधन पश्चात् के श्वेता फिल्म निर्माणमा फर्किएकै हुन् त ? अनी उनको रोजाईमा दयाहाङ परेकै हुन् ? यसै साता नेपाल फर्किने तयारीमा रहेकी नायिका तथा निर्मात्री खड्काले मज्जाको अनलाइन डटकमसँग यी जिज्ञासा बारे छोटकरीमा जवाफ दिएकी छिन् । ‘हो दयाहाङ जी मेरो फिल्ममा मेरो जोडीको रुपमा प्रस्तुत हुँदैहुनुहन्छ । श्वेताले भनिन्, ‘अहिलेलाई यति मात्रै खुलाउँ । अरु प्रेसमिट गरेरै बताउँछु ।’
स्व.श्रीकृष्ण र श्वेता अभिनित फिल्म ‘कोहिनूर’ ब्लकबस्टर भएको थियो, जुन फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका थिए । के श्वेताले निर्माण तथा अभिनय गर्ने आगामी फिल्मलाई पनि आकाशले नै निर्देशन गर्लान् ? दयाहाङसँग कस्तो देखिएला श्वेताको जोडी ?
For More videos Log on to Mazzako TV