‘चिसो शहर’ मा केकीको यस्तो अवतार (भिडियो)
केकी अधिकारी म्युजिक भिडियोकी क्विन हुन् । यिनै म्युजिक भिडियोकी क्विन ‘चिसो शहर’ बोलको गीति भिडियोमा नयाँ अवतारमा प्रस्तुत भएकी छिन् । राज सागरको संगीत तथा स्वर रहेको भिडियोमा केकीलाई एक हिव्ल चियरकर्ताको भूमिकामा देख्न सकिन्छ । उनको टाउकोमा मुण्डन शैलीको विक लगाइएको छ । भिडियो यस्तो बनेको छ :
शितल कादंविनीको शब्द रहेको गीतको भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् । भिडियोमा केकीलाई सुदिप र बिनोदले साथ दिएका छन् । ज्ञानेन्द्र शर्माको क्यामेरा र प्रविण श्रेष्ठलेसम्पादन गरेको भिडियोलाई राजेन्द्र मोत्तानले कलर गरेका छन भने मेकअप सिमा गुरुङको छ ।
For More videos Log on to Mazzako TV