saya-artists

ट्रेलर रिलिज गर्दै फिल्म ‘साया’ निर्माण टिमले फिल्मको रिलिज मिति पनि तोकेको छ । सोमबार मण्डला नाटकघरमा प्रेसमिट गर्दै ‘साया’ रिलिज मिति पुष ८ गतेलाई तोकिएको हो । लभ स्टोरी फिल्ममा प्रोमिस गुरुङ, उमेश तामाङ, टिना श्रेष्ठ, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ । कलाकार प्रोमिश गुरुङकै निर्देशन रहेको फिल्मको ट्रेलर यस्तो छ :

फिल्म ‘साया’ लाई प्रोमिश र रामकृष्ण मगर मिलेर बनाएका हुन् । भरत क्षेत्रीको द्धन्द्ध निर्देशन, प्रज्वलित पराजुलीको सम्पादन रहेको फिल्ममा बाबुराम नेपालीको छायांकन रहेको छ । प्रेसमिटमा निर्माता, निर्देशक तथा कलाकार गुरुङले फिल्म मिहेनत गरेर बनाएको बताए ।

For More videos Log on to Mazzako TV