तीन तस्बिरमा हेर्नुस् विपना थापाको ह्याप्पी फेमिली
एक समयकी चर्चित नायिका हुन् विपना थापा । तर विवाह पश्चात् भने विपना घरगृहस्थीमा रमाईन्, फिल्म खेल्न छोडिन् । सन् २००८ मा भारतका आशुतोष भारद्वाजसँग विवाह गरेकी विपनाले एक छोरालाई पनि जन्म दिएकी छिन् ।
नेपाली फिल्म क्षेत्रमा विपनाको सक्रियता नरहेपनि घर गृहस्थीमा रमाइरहेकी विपना सामाजिक सञ्जाल फेसबुकमा भने सक्रिय छिन् । विपनाले फेसबुकमा पोस्ट गरेका तीन पारिवारिक तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । पती र छोरासँगको तस्बिर हेर्दा लाग्छ, विपनाको बैवाहिक जीवन खुसीसाथ मज्जाले चलिरहेको छ ।
फिल्म ‘जन्मभूमि’ बाट डेव्यु भएकी विपनाले झण्डै एक सय फिल्महरुमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका ‘आगो’, ‘मितिनी’, ‘मुग्लान’, ‘ईन्द्रेणी’ लगायत दर्जन फिल्महरु सफल छन् ।