‘छक्का पञ्जा’ ले ७५ दिन पार गर्दा दिपक र दिपाले लिए यस्तो निर्णय
व्यापारिक रुपमा ऐतिहासिक रेकर्ड कायम गर्न सफल फिल्म ‘छक्का पञ्जा’ ले प्रदर्शनको ७५ दिने पुरा गरेको छ । राजधानीको गोपिकृष्ण, गुण, गंगा, अष्टनारायण, सिटी सेन्टर सहित मोफसलका झण्डै एक दर्जन हलहरुमा यो फिल्मले प्रदर्शनको ७५ दिन पुरा गरेको हो । दिपाश्री निरौलाको डेव्यु निर्देशन रहेको ‘छक्का पञ्जा’ ले हालसम्म १६ करोडको ग्रस व्यापार गर्न सफल भएको छ । जुन व्यापार नेपाली फिल्म क्षेत्रमा सर्वाधिक उच्च हो ।
५१ दिन पुरा गर्दा ब्यान्ड बाजा बजाएर शहर परिक्रममा गरेको ‘छक्का पञ्जा’ टिमले ७५ दिनको खुसीयाली भने सामाजिक सेवामा लगाउने भएको छ । फिल्म सुटिङ गरिएको काभ्रे जिल्लाको पनौतीस्थित सल्मीटार गाउँलाई एउटा एम्बुलेन्स दिने निर्णयसँगै असहाय केन्द्रलाई जाडोको न्यानो कपडा वितरण गर्ने र आफ्ना प्राविधिक तथा कलाकारलाई वोनस बाँड्ने निर्णय भएको निर्माता समेत रहेकी दिपाश्रीले बताइन् । उनले भनिन्, ‘दर्शकबाट आएको पैसा रमाईलोमा भन्दा पनि समाज सेवामा लगाउने टिमको निर्णय भएको छ ।’ यसरी मनाइएको थियो ‘छक्का पञ्जा’ को ५१ दिन । मज्जाको भिडियो हेर्नुस :
दिपकराज गिरीको लेखन रहेको फिल्ममा दिपक सहित नायिका प्रियंका कार्की, कलाकारहरु शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ, बर्षा राउत, नम्रता सापकोटा, अरुणा कार्की लगायतको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी र दिपक शर्माले संगीत दिएका छन् ।
For More videos Log on to Mazzako TV