यस्तो छ सौगात र अनुभवको ‘शब्द’ टिजर

समाजमा विद्यामान परम्परा चलनचल्ती, मित्रता, प्रेम, मिलन, विछोडसँगै सृजित घटनाक्रममा रुमल्लिएको जीवनशैलीको यथार्थपरक चित्रण भनिएको फिल्म ‘शब्द’ को फस्ट लुक र टिजर रिलिज गर्दै अडियो गीत पनि सार्वजनिक गरिएको छ । टिजर हेर्नुस् :
सन्तोष सिवाकोटीको निर्देशन रहेको फिल्म ‘शब्द’ मा अभिनेता सौगात मल्ल, बाल कलाकार अनुभव रेग्मी र कलाकार कमली वाईवा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । क्षिरिङ दोर्जे लामाको निर्माण रहेको फिल्म ‘शब्द’ आउँदो पुष २९ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । शिव ढकालको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी र गैरे सुरेशको संयुक्त संगीत रहेको छ ।

विष्णु कुमार थेवेको प्रस्तुती तथा याम थापाको लेखन रहेको फिल्ममा सौगात, अनुभव र कमलीसँगै रोयदिप श्रेष्ठ, ओशिन भट्टराई, अर्जुन गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । सोमबार राजधानीमा प्रेसमिट गर्दै ‘शब्द’ फस्ट लुक, टिजर र अडियो गीत सार्वजनिक गरिएको हो ।
For More videos Log on to Mazzako TV







