प्रि-प्रोडक्सनमै आशिरमान र आनाको ‘ग्याङस्टार ब्लुज’ लाई ४५ लाख
प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेको फिल्म ‘ग्याङस्टार ब्लुज’ लाई डिसिएनले ४५ लाख एमजीमा मोफसल वितरणको जिम्मा लिएको छ । निर्माता सरोज न्यौपानले आफ्नो फिल्मलाई छायाँकन अगावै डिसिएनले यति मोटो रकम दिएर एमजी (मिनिमम् ग्यारेन्टी) मा लिएको पुष्टि गरेका हुन् । फिल्मको लगानी एक करोड नजिक पुग्ने आँकलन गरिएको छ ।
हेमराज विसीले निर्देशन गर्ने फिल्म ‘ग्याङस्टार ब्लुज’ मा बैङ्कर रविना देशराजका कान्छा छोरा आशिरमान देषराज र ‘जेरी’ नायिका आना शर्मा मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । उनीहरु यतिबेला आफ्नो पात्रलाई शशक्त बनाउँन दैनिक अभ्यासमा व्यस्त छन् । मनिष पण्डित फिल्मका कार्यकारी निर्माता हुन् । माघको अन्तिमबाट छायाँकन सुरु हुने ‘ग्याङस्टार ब्लुज’ को प्रदर्शन मिति आउँदो वर्षको भदौ २३ गतेलाई तोकिएको छ । फिल्मको छायाँकन नेपालगञ्ज र रारा ताल वरीपरी गरिनेछ ।
For More videos Log on to Mazzako TV