हरिहरको ‘मार्गर्दशन’ अब भारतको केयर वल्र्डमा
नेपालमा निकै ख्याती कमाएका युवा ज्योतिष हरिहर अधिकारीको ज्योतिष विज्ञान सम्बन्धि कार्यक्रम भरतको केयर वल्र्ड टिभीमा प्रसारण हुने भएको छ । ‘मार्गदर्शन’ नामको उनको कार्यक्रम नोभेम्बर २७ तारिकबाट प्रसारण हुनेछ । यसअघि कान्तिपुर टेलिभिजनबाट मार्गर्दशन कार्यक्रम चलाउदै आएका हरिहर भारतीय च्यानलसँगको ‘टाईअप’लाई निकै सुखद संयोग भएको मान्छन् ।
“ज्योतिष बिज्ञानको मेरो अध्ययन र अनुभवलाई विश्वब्यापीकरण गर्ने मेरो पहिलो पाईलाको रुपमा केयर वल्र्डसँगको सहकार्यलाई लिएको छु”, हरिहरले मज्जाको अनलाईसँग भने, “मलाई पहिला जस्तै दर्शकले यसपाली पनि साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”
कलिलो उमेरमै ज्योतिष तथा वास्तुशास्त्रीमा शिक्षा हासिल गरेका यि स्टाईलिस ज्योतिषको कार्यक्रम केयर बल्र्डमा दिन दुई पटक अर्थात् हरेक दिन बिहान ८ बजे र बेलुका ८ः५० बजे प्रसारण हुने छ ।
For More videos Log on to Mazzako TV