फिल्म ‘जात्रा’ ले प्रर्दशनको पहिलो सातामा एक करोडको ग्रस कलेक्सन गर्न सफल भएको छ । शुक्रबार र शनिबारको कलेक्सन भने आउँन बाँकी छ । यद्पी प्रदर्शनको दोश्रो शनिबार पनि फिल्म हेर्ने दर्शकको चाप उच्च रहेको निर्माता वाग्लेले दाबी गरे ।

jatra-film-poster

दोश्रो सातामा ‘जात्रा’ लाई मल्टिप्लेक्समा उच्च शोज संख्या दिइएको छ । फिल्मका कलाकार लिएर मोफसल यात्रामा निस्किएका निर्माता रविन्द्रसिंह बाँनियाले फिल्मको व्यापारबाट आफ्नो समुह खुसी रहेका बताए । प्रदीप भट्टराईको डेव्यु निर्देशन रहेको फिल्म ‘जात्रा’ लाई समिक्षकबाट राम्रो समिक्षा मिलिरहेको छ । फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानीयाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्य लगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV