नायिका तथा समाजसेवी रेखा थापाले आमा बुवा जिउँदो भगवानको प्रतिमुर्ति रहेकाले उनीहरुलाई पूजा गर्नु पर्ने बताएकी छिन् । शनिबार लमजुङमा आयोजना गरिएको अनलाईन पत्रिका फिल्मीजुम डटकमको पाँचौं वार्षिक उत्सवमा बोल्दै रेखाले यस्तो बताएकी हुन् ।

rekha-thapa

‘जवान भएपछि आमा बुवालाई हेर्ने तरिका फरक भैरहेको जस्तो मलाई लाग्छ । आमा बुवा भनेको केही होइन भन्नेको पनि कमी छैन’ कार्यक्रमकी प्रमुख अतिथि रेखाले भनिन्, ‘तर आमा बुवा भनेको जिउँदो भगवान हुन् । मन्दिर धाउनु भन्दा जिउँदो भगवानलाई पूजा गर्दा चाहिं उचित हुन्छ जस्तो मलाई लाग्छ ।’ कोही पनि वृद्धवृद्धा एक्लो हुनु नपरोस भन्दै रेखाले नारी वर्गलाई पनि सक्षम भएर अगाडी बढ्न आग्रह गरिन् ।

rekha-thapa-social-worker

फिल्मी जुमको तर्फबाट त्यहाँको वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई जाडोको न्यानो कपडा वितरण गरिएको थियो भने सञ्चारकर्मी विदुर गिरीलाई सम्मान पनि गरियो । राजधानी बाट गएका आधा दर्जन कलाकारले लमजुङवासीलाई रमाईलो गराएका थिए ।

rekha-thapa-social-worker

rekha-bidur-swostika-his-husband

For More videos Log on to Mazzako TV