निखिलको ‘किङ्ग’ मा कति क्वालिटी ? (हेर्नुस् टिजर)
निखिल उप्रेती स्टारर फिल्म ‘किङ्ग’ को टिजर रिलिज भएको छ । सबिर श्रेष्ठ निर्देशित यो साँगीतिक एक्सन लभ स्टोरी फिल्मको सवा मिनेट लामो टिजर क्वालिटीको छ । जगन श्रेष्ठको प्रस्तुतीमा जयन श्रेष्ठले निर्माण गरेको ‘किङ्ग’ मा एक्सन स्टार उप्रेती, नायिका वेनिशा हमाल र कलाकार अनुपविक्रम शाही मुख्य भूमिकामा प्रस्तुत भएका छन् । टिजरमा पनि उनीहरुलाई नै ‘हाईलाइट’ गरिएको छ । टिजर हेर्नुस् :
लामो समय लगाएर निर्माण गरिएको ‘किङ्ग’ लाई निर्माण समुहले ‘क्वालिटी’ युक्त को फिल्म भन्दै आइरहेको छ । जुन क्वालिटीलाई टिजरमा पनि देख्न सकिन्छ । संजय लामाको छायाँकन रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ भने संगीत बसन्त सापकोटा र दिनेश सुनामले दिएका छन् । पौष २९ गतेदेखि प्रदर्शनमा आउने ‘किङ्ग’ मा निखिल, वेनिशा र अनुपसँगै अभिनेत्री रुपा राणा र प्रस्तुतकर्ता जगन श्रेष्ठ पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत भएका छन् ।
For More videos Log on to Mazzako TV