‘ड्रिम्स’ डेव्यु नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह २१ वर्ष लागेकी छिन् । ‘सोसियोलोजी’ विषयको ब्याच्लर दोश्रो वर्षमा अध्ययनरत साम्राज्ञीले भर्खरै फिल्म ‘ए मेरो हजुर २’ को छायाँकन सकाइन् । अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको फिल्ममा उनी सोलो नायिकाको रुपमा प्रस्तुत भएकी छिन् भने शिशिर राणाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘तिमी सँग’ मा पनि उनी अनुबन्धित भएकी छिन् ।

samragyee-rajya-laxmi-shah

एउटा फिल्म खेलेर राम्रो चर्चा पाउने भाग्यशाली नायिका हुन् साम्राज्ञी । शाह खान्दानकी यी हिरोइनलाई ‘लामो रेसको घोडा’ को रुपमा धेरैले हेरेका छ । सौन्दर्य प्रतियोगीता र म्युजिक भिडियो हुँदै फिल्ममा आएकी साम्राज्ञीको ‘फ्यान फलोर्स’ पनि राम्रो छ । उनी कामप्रति लगनशील छिन् । यसैले दोश्रो फिल्मकी निर्देशक झरना थापाले साम्राज्ञीको खुलेर प्रशंसा गरेकी छिन् । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV