सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको दोस्रो संस्करण, सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा लक्स कामना अवार्डस् २०७३ आगामी मंसिर १८ गते शनिबार आयोजना हुने भएको छ ।
कामनाको आयोजनामा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने लक्स कामना अवार्डस् २०७३ मा यसै वर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ । लक्सको सहभागीतासँगै थप एक नयाँ विधा पनि थपिएको छ ।

cg-kamana-award

लक्स पपुलर च्वाईस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्डमा यस वर्ष ३२ विधामा अवार्ड प्रदान गरिनेछ । केवल एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुने अवार्डको यो विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, सामाज्ञ्रीराज्यलक्ष्मी शाह, प्रियंका कार्की र सृष्टी श्रेष्ठबिच प्रतिस्पर्धा चलिरहेको छ । यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन् । अन्य १८ लोकप्रिय विधामा पनि एसएमएस भोटिङ चलिहरेको छ । ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ । दर्शकहरुले लोकप्रिय १९ विधामा उत्साहका साथ एसएमएस भोटिङ गरिरहेका छन्।

लक्स कामना अवार्डस् २०७३ मा फिल्म ‘नाईं नभन्नु ल ४’ सर्वाधिक धेरै २१ विधाको मनोनयनमा परेको छ । त्यसै गरी फिल्म ‘प्रेम गीत’ १९, ‘क्लासिक’ १७, ‘ड्रिम्स’ १६, ‘वडा नम्बर ६’ १४ र ‘पशुपति प्रसाद’ १२ विधाको मनोनयनमा परेको छ।

For More videos Log on to Mazzako TV