अमेरिकाबाट श्वेताका साता तस्बिर : राजबल्लभवसँग यस्तो हाँसो
ग्लोबल नेपाली फिल्म अवार्डमा सम्मान ग्रहण गर्न नायिका तथा निर्मात्री श्वेता खड्का गत साता अमेरिका गएकी थिइन् । अवार्डमा सहभागी हुन गएको अवसरमा श्वेताले त्यहाँ बस्दै आएका अन्य नेपाली कलाकारहरुसँग पनि भेट गर्ने अवसर पाइन् ।
फिल्म ‘हाँसिदेऊ एक फेर’ मा स्क्रिन सेयर गरेका नायक राजवल्लभ कोइराला अनि नायिकाहरु नन्दिता केसी र युना उप्रेतीसँग श्वेताले भेट गर्ने अवसर पाइन्, जुन तस्बिरहरुलाई उनले आफ्नो फेसबुकमा पोस्ट गरेकी छिन् ।
यस्तै अभिनेता शिव श्रेष्ठसँगको तस्बिर पनि श्वेताले फेसबुकमा पोस्ट गरेकी छिन् । सोही तस्बिरहरुमध्ये श्वेताका ७ तस्बिरहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।
For More videos Log on to Mazzako TV