अमेरिकाबाट फर्किए लगत्तै हरिवंश किन पुगे फिल्म हल ?
बरिष्ठ हाँस्य व्याङ्ग्य कलाकार हरिवंश आचार्य पारिवारिक घुमघाम तथा सम्मान ग्रहण गर्न अमेरिका गएका थिए । करिब तीन साताको बसाईपछि हरिवंश श्रीमती सहित यही बिहिबार नेपाल फर्किएका छन् । तर उनी अमेरिकाबाट अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल ‘ल्यान्ड’ भएपछि घर नगई सिधैं हात्तिसारमा रहेका जय नेपाल हलमा गएका छन् । अमेरिकाबाट फर्किए लगत्तै हरिवंश किन पुगे त जय नेपाल हल ?
फिल्म ‘जात्रा’ का निर्देशक प्रदीप भट्टराईलाई बधाई दिन हरिवंश अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट सिधै जय नेपाल हल पुगेका हुन् । निर्देशक भट्टराई मह सञ्चारले उत्पादन गर्ने कार्यक्रमका सह निर्देशक हुन् । उनले निर्देशन गरेको पहिलो फिल्म ‘जात्रा’ गएको शुक्रबारदेखि प्रदर्शनमा आएको छ । जसले राम्रो समिक्षा र दर्शकको साथ पाइरहेको छ । रविन्द्रसिंह बाँनियाले निर्माण गरेको फिल्ममा बिपिन कार्की, बर्षा राउत, रविन्द्र झा र निर्मातको बाँनियाको मुख्य भूमिका रहेको छ । ‘जात्रा’ को दर्शक प्रतिक्रिया हेर्नुस् :
हल पुगेर निर्देशक भट्टराईलाई बधाई दिए पनि हरिवंशले ‘जात्रा’ भने हेरेनन् । ‘थाकेको छु फ्रेस भएर बेलुका हेर्छु’ उनले भने, ‘फेसबुक र समाचारमा ‘जात्रा’ को सफलता देखेर बधाई नदिइ मन थाम्न सकिंन त्यसैले सिधैं हल आएँ ।’ यस्तै उनले मह सञ्चारको आगामी फिल्मको निर्देशन निर्देशक भट्टराईले गर्ने पनि खुलाए ।
For More videos Log on to Mazzako TV