सिटी सेन्टरमा के गर्दै थिइन् निशा ?
एचआरके प्रोडक्शनको फिल्म ‘रोमियो’ को हाल राजधानीमा छायांकन भैरहेको छ । बुधबार काठमाण्डौको सीटी सेन्टरमा नायिकाद्धय नीशा अधिकारी र मेलिना मानन्धर टेक दिनमा व्यस्त रहे । नीशा र मेलिनाले सीटी सेन्टरमा सपिङको दृश्य दिएका थिए ।

छायांकन भएको बाह्र दिनमै ४० प्रतिशत बढी काम सकिएको निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए । हसन फिल्मका सोलो नायक हुन् । उनका अनुसार सुरुमा फिल्मको दृश्य खिचेर त्यसपछि गीतको छायांकन गरिनेछ । सुटिङ मज्जासँग चलिरहेको उनले बताए ।

फिल्म ‘रोमियो’ लाई नव–निर्देशक शंकर कार्कीले निर्देशन गरिरहेका छन् भने फिल्ममा सुरेश न्यौपाने, संवास सुवेदी र रामकुमार श्रेष्ठ सह–निर्देशकको रुपमा छन् । आउँदो बर्षको वैशाख महिनामा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । फिल्ममा प्रकाश महरा र प्रकाश हमाल प्रोडक्शन कन्ट्रोलरको रुपमा काम गरिरहेका छन् ।


For More videos Log on to Mazzako TV








