माइक्रोमा बम बिस्पोट बारे ‘रुट नं २३’ बन्ने
सत्य कथामा आधारित रहेर फिल्म ‘रुट नं २३’ बन्ने भएको छ । समिर बलामीको लेखन तथा निर्देशन रहने फिल्ममा राजेन्द्र त्रिपाठी कार्यकारी निर्माताको रुपमा रहेका छन् । फागुन १ गते फस्ट लुक सार्वजनिक गर्दै फिल्मको छायाँकन सुरु गर्ने लेखक तथा निर्देशक बलामीले बुधबारको प्रेसमिटमा जानकारी दिए ।
फिल्म ‘रुट नं २३’ मा सुधिर श्रेष्ठ बाहेक अन्य कलाकारहरु पक्का भैसकेका छैनन् । यही शुक्रबार ‘द् फेमस’ रिलिज गर्न लागेका सञ्चारकर्मी समेत रहेका बलामीले ‘रुट नं २३’ बारे आफुले विभिन्न खाले अध्ययन समेत गरिरहेको बताए । उनले भने, ‘फिल्मकै लागि म खलासी समेत बनेको छु ।’ बालाजु औद्योगिक क्षेत्र अगाडी २०६२ सालमा एउटा माइक्रो बसमा बम बिस्पोट भएको थियो । सोही दुर्घटनालाई लिएर फिल्म निर्माण गर्न लागिएको हो ।
नयाँ फिल्म निर्माणको घोषणा निर्देशक बलामीको जन्मदिनको अवसर पारेर गरिएको हो । महेशराज ढकाल, विक्रम श्रेष्ठ र दिपेन्द्र शाक्य निर्माता रहेको ‘रुट नं २३’ लाई आउँदो वर्षको फूलपातीमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।
For More videos Log on to Mazzako TV