रञ्जित रानाको निर्देशनमा ‘दिल विचारा’ बन्ने
ट्रेन्डी फिल्मस् प्रा.लिको व्यानरमा फिल्म ‘दिल विचारा’ निर्माण हुने भएको छ । सोमबार राजधानीमा प्रेसमिट गर्दै युनिटले यो फिल्म निर्माणको घोषणा गरेको हो । पुराना निर्देशक रञ्जिन राना मगरको निर्देशनमा बन्न लागेको फिल्ममा तम्भोको लगानी रहनेछ ।
फिल्मका निर्देशक रानाका अनुसार चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने भावनालाई फिल्मले महसुश गराउँनेछ । ‘फिल्मले लभ, एक्सन, कमेडी सबै समेट्नेछ’ उनले भने । फिल्ममा जयकिशन बस्नेत, सिर्जना भट्टराई, सञ्ज’ सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन र दिनेश शर्माको अभिनय रहनेछ ।
मदन ताम्राकार कार्यकारी निर्माता रहेको फिल्ममा उनकै लेखन रहेको छ । माघबाट छायांकनमा जाने फिल्ममा टंक बुढाथोकीको संगीत, शंकर महर्जनको द्वन्द्व, शिव विकको नृत्य र दिव्य सुवेदीको छायांकन रहनेछ । निर्देशक रानाले फिल्मको छायांकन नेपालको पश्चिम क्षेत्रमा गरिने बताए ।
For More videos Log on to Mazzako TV