dipak-raj-giri

गएको बुधबार सिक्किममा सम्पन्न चौथो इनास अवार्ड बारे चर्को आलोचना भैरहेका बेला सोही अवार्डमा सहभागी भएर सम्मान नै ग्रहण नगरी हिंडेका कलाकार, निर्माता तथा कलाकार दिपकराज गिरीले पनि उक्त भद्रगोल अवार्ड बारे आफ्नो भनाई बाहिर ल्याएका छन् । अव्यवस्थित उक्त अवार्ड बारे दिपकराजले आफ्नो फेसबुकमा लेखेको स्टाटस यस्तो छ :

सिक्किम अवार्डमा जे भयो………( असम्बन्धित ब्यक्ति को चासो को बिषय नहुन सक्छ माफि चाहन्छु…………
१) गल्ति न जन्तिको , न दूलहि पट्टिको ……गल्ति लमिको
भने जति भन्दा बढि जन्ति लैजान प्रेरित गर्ने लमिको कारण
सिक्किमको दुलही पक्षको हालत खराब भयो
२) हामिलाइ गर्ने मान सम्मानमा कुनै कमि थिएन र भएन पनि
समस्या ,यताका लमिले तपाइलाइ मुख्य मन्त्रीले सम्मान गर्ने भनेको ले हामि पनि गएका हौ तर सम्पूर्ण कार्यक्रम सकिए पछि सामान्य मन्त्रिले भए भरकालाइ हातखालि नजाने उपहार योजना जस्तो गरेर पालै पालो सम्मान गर्ने थाहा पाए पछि हामि त्या‘हा बाट निस्कियौ
३) समस्या जुरिमा पनि थियो .. एक जना भन्दै थिए हाम्लाई फिल्म नै हेर्न दिएनन्, अर्का भन्दै थिए बूढा नाम गरेका मूर्ख बूढाले जे जे भन्यो त्यो त्यो मान्नु पर्यो ..जुरी नै एक अर्कोलाइ सत्तो सराप गर्दै थिए … यस हिसाबले २ जना जुरी अरू सबै मजबूरी थिए…
४) मुख्य समस्या पत्रकार साथीहरू र एक दुइ कलाकार लाइ परेकै हो.. पत्रकार जस्ले सूचना दिन्छ उस्लाइ वाइफाइ भएको अलिकता सुबिधायुक्त कोठा उपलब्ध गराउनु पर्छ है भनेर यताको लमिले नै भन्नु पर्ने हो , त्यो हिसाबले सूचना प्रबाह गर्नेलाइ नै थाहा भएन का‘हा छू, कसरी लेख्ने, कहाँ खाने, कसरी काठमान्डू फर्कने … समस्या यहाँ हो… दुख पाए साथिहरूले …… उताको साथिहरूको गल्ति चाहि के हो भने .. ए पत्रकार भनेको सिक्किम कस्तो हो , के रहेछ? त्यो इमेज जनता सामू प्रवाहित गर्ने समूह हो .. उनिहरूलाइ समस्या नपरोस है भनेर सजक हुनु पर्ने ठाउँमा गम्भिरता अलि कम भयो………
५) पार्टी आयोजना , त्यत्रो समूहलाई स्वागत गर्नु पर्ने आकर्षक अतिथिलाई बिशेष सम्मान र स्वागत गर्नु पर्ने धेरै काम थियो सिक्किमको .. मलाई लाग्छ दूलही पक्ष नसोचेको धेरै जन्ति आएर अत्तालियो !!!! त्यसैले बढि दोष लमि लाइ नै जान्छ
जुरी नाम गरेको मजबूरीको के कूरा ….. घरकै मान्छे फूसफूस पार्छ टोल गनायो भनेर छिमेकिलाइ के गालि गर्नु ?
६) लोकगीतमा नाच्न आउदैन कत्थक नाच्छू भने जस्तै भयो
नेपालमै गरेको अवार्ड ताइ न तुइ हात लाग्यो दुइ छ अब बिदेशमा के होला ….
७) धयचमि चभअयचम …. आठ धन्टा लामो अवार्ड गरेर एउटा किर्तिमान कायम गर्यो त्यस्मा पनि अलिकति समस्या
अन्त्यमा सिक्किम र सिक्किमका साथिहरूलाइ सबै दोष थोपर्नु भन्दा यताका लमी, ठेकेदार, आयोजकले यसको जिम्मेवारी लिनु पर्दछ …………लामै भो कि क्या हो ?

For More videos Log on to Mazzako TV