jatra-team

मह जोडीको टेलिफिल्महरुमा मुख्य सहायक निर्देशक भएर काम गर्दै आएका प्रदिप भट्टराई निर्देशित पहिलो फिल्म ‘जात्रा’ ले दर्शकको मन जितिरहेको छ । हलहरुमा ‘जात्रा’ हेर्ने दर्शकको चाप पनि उच्च छ । पहिलो फिल्मलाई नै दर्शकले रुचाएपछि निर्देशक भट्टराई दंग छन् । उनी भन्छन्, ‘खुसीले आँसु मात्र झर्न बाँकी छ ।’ आइतबार बन्दको दिन कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिजमा ‘जात्रा’ हेर्न आएका दर्शकसँग लिइएको प्रतिक्रिया र ‘जात्रा’ टिमसँग गरिएको मज्जाको कुराकानी हेर्नुस् :

निर्देशक भट्टराईकै लेखन रहेको फिल्म ‘जात्रा’ मा कलाकारहरु विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्रसिंह बाँनियाको मुख्य भूमिका रहेको छ । फिल्मलाई बाँनियालबे नै निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV