प्रदर्शनरत फिल्म ‘जात्रा’ कलाकार विपिन कार्की र बर्षा राउतले आइतबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको विरोध गरेका छन् । ‘दाह्री ग्याङ’ समुह आयोजना गरेको बन्दको बिरोधमा विपिन र बर्षा पनि सहभागी भएका हुन् ।

bipin-and-barsa

काठमाण्डौको सीटी सेन्टरमा आयोजना गरेको ‘जात्रा’ को च्यारेटी शो बन्दकै कारण प्रभावित भएपछि युवाहरु बन्दको बिरोधमा सडकमा उत्रिए थिए । बन्दका कारण देशको अवस्था अस्तव्यस्त हुन गएको छ भने सम्पूर्ण फिल्म हल्हरु पनि बन्द भएका छन् ।

शुक्रबार र शनिबार दर्शकलाई हलसम्म आकर्षण गरेको ‘जात्रा’ ले आइतबार बन्दको असर खेप्नु पर्यो । प्रदीप भट्टराईको डेव्यु निर्देशन र रविन्द्रसिंह बाँनियाको निर्माण रहेको यो फिल्मलाई दर्शक तथा समिक्षकले रुचाएका छन् ।

For More videos Log on to Mazzako TV