किन गइनन् नम्रता सिक्किम ?, यस्तो छ कारण
भद्रगोल तरिकाले सम्पन्न चौथो इनास सिक्किम अवार्डमा आयोजकले अवार्ड विजेता जति सबैलाई लगेको थियो । तर ‘क्लासिक’ फिल्मबाट उत्कृष्ट नायिकाको अवार्ड पाएकी नायिका नम्रता श्रेष्ठ भने अवार्डमा सहभागी भइनन् । किन गइनन् त नम्रता इनास सिक्किम अवार्डमा ?
विश्वस्त श्रोतका अनुसार अवार्ड व्यवस्थापकको अभद्र व्यावहारका कारण नम्रता इनास सिक्किम अवार्डमा सहभागी नभएकी हुन् । इनास सिक्किम अवार्ड व्यवस्थापनको जिम्मा लिएकी सम्झना रौनियार उप्रेतीले सिक्किम जान नम्रतालाई फोन गरेकी थिइन् । सम्झनासँगको फोन संवादमा ‘होटल बुक भयो ?’ भनेर नम्रताले सोधेकी थिइन् ।
‘नेपाली कलाकार पनि होटल सोध्ने हैसियतमा पुगे है ’ भन्दै सम्झनाले फोन काटेपछि नम्रताले सिक्किम इनास अवार्डमा सहभागी हुन आवश्यक ठानिन् । उसो त जानेले पनि त्यहाँ राम्रो सुविधा पाएनन् । कमजोर व्यवस्थापनका कारण अहिले इनास सिक्किम अवार्डको चौतर्फी आलोचना भैरहेको छ ।
For More videos Log on to Mazzako TV