इनास आयोजकले पार्यो सिक्किममा करिश्माको कन्तविजोक
कमजोर व्यावस्थापनका कारण सिक्किमको गान्तोकमा आयोजना गरिएको चौथो इनास अवार्ड झुर हुन गएको छ । झुर यस कारण कि अवार्डमा सहभागी हुन सिक्किम गएका कलाकर्मी तथा सञ्चारकर्मी त्यहाँबाट शून्य प्रशंसा र उच्च आलोचना गरेर राजधानी फर्किएका छन् । इनास व्यवस्थापकको लापरबाहीका कारण अभिनेत्री करिश्मा मानन्धरले त्यहाँ कम्ता दुःख पाइनन् ।
करिश्माको दुःख काँकडभित्ताको भन्सार कार्यालयबाटै सुरु भएको थियो । करिश्मा सहितका कलाकारहरु काँकडभित्ताको भन्सार कार्यालयमा करिब चार घण्टा अव्यवस्थित रुपमा बस्न बाध्य भएका थिए । त्यसमाथि राष्ट्रिय कलाकारलाई भन्सार कार्यालयमा राखेर परिचयत्मक कार्यक्रम गराइएको थियो जुन सोभनिय थिएन । हलमा कार्यक्रम भैरहंदा प्रायः जसो कलाकार भने रिसाउँदै बाहिरिएका थिए ।
काँकडभित्ता भन्सार कार्यालयबाट सुरु भएको करिश्माको कन्तविजोक राजधानी नफर्किञ्जेलसम्म कम भएन । इनास व्यावस्थापक समितिले करिश्माको यतिसम्म हेलचेक्क्राँई गर्यो कि करिश्माको लागि उनीहरुले होटल बुक समेत गर्न आवश्यक ठानेनन् । करिश्मा आफैंले होटल बुक गरेर बस्नु पर्यो । जुन मेफिल नामक होटलमा महानायक राजेश हमाल दम्पत्ती र अभिनेत्री मनिषा कोइरालालाई राखिएको थियो ।
आफैंले बुक गरेर बसेको होटलमा कुनै पनि इनास सदस्य के कस्तो छ ? भनेर सोधपुझ गर्न नआएको करिश्माले बताइन् । अवार्ड सकिएको भोलिपल्ट सिएम सहित आयोजना गरिएको डिनरशकार्यक्रममा अवार्ड व्यवस्थाक सम्झना रौनियार उप्रेतीले बिहान पाँच बजे काठमाण्डौं फर्किन तयार भएर बस्नु भनी उर्दी जारी गरेकी थिइन् । तर उनको उर्दीले काम गरेन । करिश्मालाई होटलमा लिन कोही पनि व्यवस्थापक सदस्य होटल गएनन् । आफुलाई लिन कोही नआएपछि आफ्नै व्यवस्थापनमा करिश्मा काँकडभित्तासम्म आइन् अनि भद्रपुर इयरपोर्टसम्म आफैं पुगिन् । होटलको विल पनि आफैंले भुत्तानी गरेको करिश्माले बताइन् ।
काठमाण्डौं फर्किएपछि उल्टै आफुले त्यहाँ ‘नखरा’ देखाएको भन्ने सुन्दा दुःख लागेको करिश्माले बताइन् । उनले भनिन्, ‘हामी नेपाली फिल्म क्षेत्रलाई राम्रो होस् भनेर त्यहाँ गएका थियौं तर हाम्रो त कुनै मान भाउ नै नै रहेन । अब अवार्डमा जाँदा पनि सोच्नु पर्ने भो ।’
For More videos Log on to Mazzako TV