प्रिमियर शो बाटै निकै राम्रो तारिफ पाएको ‘जात्रा’ले बम्पर ओपनिङ्ग गरेको छ । शुक्रबार ७० प्रतिशत अकुपेन्सी देखिएको जात्रामा शनिवार भने हाउसफूल भएको छ । बिशेषत मल्टिप्लेक्समा ‘जात्रा’को शोहरु हाउसफूल गईरहेको छन् । दिवामात्रै नभएर रात्री शोमा पनि चलचित्र हेर्न दर्शकको घुईचो लागेको छ ।

jatra-team

डार्क कमेडी शैलीको चलचित्र ‘जात्रा’लाई हेर्नेहरुले खुबै रुचाएका छन् । ‘वर्ड अप माउथ’ले अब चलचित्रको ब्यापार झनै बढ्ने कुरामा निर्देशक प्रदिप भट्टराई विश्वस्त देखिएका छन् ।

बिपिन कार्की ‘भष्मे’, रविन्द्रसिंह बानियाँ हनुमानजी, बर्षा राउत, रविन्द्र झा लगायत कलाकारहरुको अभिनय रेहेको यो सिनेमालाई सिंगे लामा र रविन्द्र सिंह बानियाँले मिलेर बनाएका हुन् ।

‘भष्मे डन’ बिपिन कार्की र नायिका बर्षा राउतसँग मज्जाको ‘जात्रा’ गफ हेर्नुस् ।

For More videos Log on to Mazzako TV