‘जात्रा’ फिभर : तारिफै तारिफ (हेर्नुस्, विस्तारमा)
आज (शुक्रबार)देखि अल नेपाल सार्वजनिक प्रर्दशनमा आएको चलचित्र ‘जात्रा’ले प्रिमियर पछि चौतफी तारिफ पाएको छ । बुधबार प्रिमियरमा चलचित्र हेर्नेहरुले चलचित्र राम्रो भएको भन्दै सामाजिक सञ्जालहरुमा चलचित्रका बारेमा आफ्ना महत्वपुर्ण शब्दहरु खर्चिई रहेका छन् । चलचित्र वृत्तका कलाकार, निर्देशक र सञ्चारकर्मीहरुले चलचित्रको खुरेलै प्रशंसा गरेका छन् ।
मह संचारमा निकै लामो समय निर्देशकको रुपमा काम गरेका प्रदिप भट्टराईले पहिलो पटक निर्देशन गरेको यो सिनेमाको ‘वर्ड अप माउथ’ले बम्पर ओपनिङ्गको अपेक्षा गरिएको छ । बिपिन कार्की भष्मे, रविन्द्रसिंह बानियाँ हनुमानजी, बर्षा राउत, रविन्द्र झा लगायत कलाकारहरुको अभिनय रेहेको यो सिनेमाको बारेमा कस्ले के के भने ? हेर्नुहोस्, विस्तारमा ।
For More videos Log on to Mazzako TV