‘पुरानो डुंगा’को देश दौडाहा
चलचित्र ‘पुरानो डुंगा’ टिमले चलचित्रको प्रचारप्रचारमा तिव्रता दिएको छ । चलचित्रको युनिट यतिबेला चलचित्रको प्रचार प्रसारको लागि देश दौडाहामा निक्लिएको छ ।

यही मंसिर १० गतेबाट सार्वजनिक प्रर्दशनमा आउने यो चलचित्रले सोमबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको देश दौडाहाको बारेमा पनि जानकारी गराएको थियो । सो बमोजिम चलचित्रको युनिट यतिबेला पुर्वको यात्रामा निक्लिएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको यो सिनेमामा दयाहांग राई, अभिनेत्री प्रियंका कार्की , मेनुका प्रधान लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्मको ‘निर जैले रिसाउने’ बोलको गीत हाल निकै चर्चामा छ सयौ कभर भिडियो समेत बनेका छन् भने उत्कृष्ट भिडियोलाई सिनेमा युनिटले पुरस्कारको घोषणा समेत गरेको छ ।
सिनेमा आर्ट् र माओत्से गुरुङ फिल्म्सको संयुक्त प्रस्तुतिमा बनेको यो सिनेमामा दुई माझी दाजु भाई र उनीहरुको अंसबन्डामा परेको डुंगाको कथालाई देखाउन खोजिएको छ।
For More videos Log on to Mazzako TV







