कात्तिक २४ गते, बुधबार हुने चौथो ईनास नेपाली फिल्म अवार्डमा सहभागी हुन दर्जन बढी कलाकर्मी सिक्किमको राजधानी गान्तोकमा आइपुगेका छन् । अभिनेता उत्तम प्रधान अध्यक्ष रहेको सिक्किम फिल्म वोर्ड र सिक्किम ईनासको सहकार्यमा आयोजना हुन लागिरहेको अवार्डमा सिक्किमका राज्यपाल श्रीनिवास पाटील प्रमुख अतिथिको रुपमा रहनेछन् ।

rajeesh-madhu

यस्तै ईनास अवार्डमा सहभागी हुन महानायक राजेश हमाल दम्पत्ती, अभिनेत्री मनिषा कोईराला, निरुता सिंह, संचिता लुईंटेल, आर्यन सिग्देल आइपुगेका छन् भने लाइफ टाईम अचिभ्मेन्टबाट सम्मान गरिने डेनी डेन्जोङ्पा डेंगुका कारण आउन सकेनन् । बरिष्ठ फिल्मकर्मी निर शाह, निर्देशक तुलसी घिमिरे, संगीतकार रञ्जित गज्मेर, दिपक र दीपा अनि धुर्मुस र सुन्तलीको जोडी, निर्देशक दिपेन्द्र के.खनाल, दिनेश राउत, निर्माता सुवास गिरी लगायत सिक्किम आइपुगेका छन् । बम्बईबाट बरिष्ठ छायाँकार बिनोद प्रधान पनि आइपुगेका छन् ।

niruta-singh-uttam-pradhan

सिक्किमस्थित मनन केन्द्र भवनमा आयोजना हुने अवार्डमा फिल्मकर्मी सहित एक हजार माथि दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । अवार्ड साँझ ४ बजेदेखि सुरु हुनेछ ।

deepak-deepa-dhurmus-suntali-najir

aryan-sigdel

For More videos Log on to Mazzako TV