पन्ध्र वर्षपछि फिल्मको हिरो बन्दै रामकृष्ण ढकाल
लामो समयपछि गायक रामकृष्ण ढकाल ठुलो पर्दामा नायकको रुपमा फर्किने भएका छन् । झण्डै पन्ध्र वर्ष अगाडी ‘आशिर्वाद’ नामक फिल्ममा अभिनय गरेका रामकृष्णले मज्जाको टिभीसँगको कुराकानीमा आफु पुनः ठूला पर्दामा नायकको रुपमा अभिनय गर्न लागेको बताए । ‘अहिले स्क्रिप्टको काम भैरहेको छ । मिल्यो भने हामी यही बर्षमा घोषणा गर्नेछौं’ उनले भने ‘अरु क्यारेक्टर चाहिं पक्का हुन बाँकी छ ।’ भर्खरै ‘आवरण’ नामक एल्बम बजारमा ल्याएका रामकृष्णसँग उत्सव रसाईलीले गरेका मज्जाको कुराकानीको भिडियो हेर्नुस् :