‘अझै पनि’ निर्मात्री गौतमले खोजिन् कथा
यसअघि ‘अझै पनि’ फिल्म निर्माण गरेकी निर्मात्री पुनम गौतमले पुनम इन्टरटेनमेन्टबाट बन्ने नयाँ फिल्मको लागी कथाको आह्वान गरेकी छन् । कथामा कुनै पनि निश्चित विषय नरहेको गौतमले बताएकी छिन् ।
‘यस्ता प्रतिभाहरु छन् जसले सम्बन्धित ठाउँसम्म आफु भित्रका श्रृजना पुर्याउन सकिरहेका छैनन् । हामीले बनाउने फिल्ममा नयाँ क्षमतावान सर्जकलाई सगौरव स्थान दिन चाहन्छौँ’, गौतमले भनेकी छिन् ‘संसारको जुनसुकै कुनाबाट पनि कथा पठाउन सकिनेछ’ । कथा पठाउँदा नितान्त आफ्नै श्रृजना हुनुपर्ने उनले बताइन् । ‘कहिँ कतैबाट साभार गरिएको कथालाई मान्यता दिईने छैन’ उनले भनिन् ।
कथा पठाउँदा वानलाइन या पुरा स्क्रिप्ट पनि पठाउन सकिनेछ । प्राप्त सबै कथालाई अध्ययन गरी उत्कृष्टबाट फिल्ममा समावेश गरिने गौतमले बताईन् । गौतमका अनुसार छानिएको कथालाई लेखकको मागको आधारमा आपसी समझदारीमा पारिश्रमिक समेत तय गरिने छ । यस इमेल आइडीमा कथा पठाउन सकिनेछ ।
For More videos Log on to Mazzako TV