‘हैट’ को हातमा फिल्म नै फिल्म
कलाकार बुद्धि तामाङ दर्शकमाझ ‘हैट’ नामले परिचित छन् । दर्शकमाझ प्रिय हैटको यतिबेला फिल्म निर्माता र निर्देशकबिच पनि तानातान भैरहेको छ । हैटको हातमा फिल्म नै फिल्म छन् । छायाँकन, प्रदर्शन, प्रि-प्रोडक्सन र पोष्ट-प्रोडक्सन गरी हैटसँग एक दर्जन बढी फिल्म छन् ।
५१ दिन पार गर्दै प्रदर्शन भैरहेको फिल्म ‘छक्का पञ्जा’ का बुद्धि झरना थापाको डेव्यु निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’ को छायाँकन सकाउन नपाउँदै विश्वका कान्छा निर्देशक सौगात विष्टले निर्देशन गर्दै गरेको फिल्म ‘हैरान’ को सुटिङमा मा व्यस्त भएका छन् । मंसिर १० गते प्रदर्शन हुने फिल्म ‘पुरानो ढुङ्गा’ र मंसिर १७ गते लाग्ने फिल्म ‘बिजुली मेशिन’ सहित बुद्धिले ‘तान्द्रो’ र ‘धुँवा’ मा पनि अभिनय गरेका छन् । यस्तै फिल्म अर्को फिल्म ‘बमकाजी’ मा पनि बुद्धि अनुबन्धित भएका छन् । ‘अरु पनि छन्’, बुद्धि भन्छन् । उनीसँग गरिएको मज्जाको गफ हेर्नुस् :
आखिर बुद्धिको माग यसरी तिव्र रुपमा किन बढिरहेको छ त ? उनी भन्छन्, ‘सबैभन्दा पहिला दर्शकको माया हो । त्यसपछि परिवार, आफन्त, फिल्मकर्मी र सञ्चारकर्मीको साथले गर्दा म व्यस्त भैरहेको छु ।’
For More videos Log on to Mazzako TV