अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ ले सिक्किमको गान्तोकमा यही कात्तिक २४ गते आयोजना गर्ने चौथो संस्करणको अवार्डमा आन्तरिक विवाद उब्जिएको छ । यो सँगै सार्वजनिक भएका उत्कृष्ट तीनको मनोनयनप्रति पनि धेरैले असन्तुष्टि जनाएका छन् ।

inas-team

नेपाली इनास कार्य समितिलाई ‘वाइपास’ गरेर ग्लोबल इनासका अध्यक्ष पुष्प बढुवालले एकलौटी ढंगले सिक्किम अवार्ड सकाउन खोजेपछि नेपाल कार्य समितिले यसप्रति असन्तुष्टि जनाएको हो । नेपाल इनासका अध्यक्ष प्रकाश सुवेदीले नेपालको कार्य समिति बुधबार हुने अवार्डमा सहभागी हुने या नहुने बारे छलफल भैरहेको बताए। तर बुझिए अनुसार असन्तुष्टिको प्रेस विज्ञप्ती निकालेर नेपाल इनासको कार्य समिति सिक्किम नजाने योजनामा छ ।

यस्तै दुई वर्षको उत्कृष्ट तीनको मनोनयनमा व्यापारिक र समिक्षात्मक रुपमा सफल फिल्म ‘वडा नं ६’ र ‘प्रेम गीत’ फिल्म र निर्देशक सहित महत्वपूर्ण विधामा परेका छैनन् । जुरीले फिल्म नै नहेरी मनोनयन तय गरेको चर्चा पनि बजारमा छ । पछिल्लो समय आयोजना भैरहेका अवार्ड कुनै न कुनै विवादमा परिरहेको छ ।

For More videos Log on to Mazzako TV