milan-chams

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘ह्याप्पी डेज’ को केही दिन नेपालमा छायाँकन गरिएको छ । तिहार अगाडी गरिएको फिल्मको छायाँकनमा विदेशी कलाकारले अभिनय तथा नृत्य पस्केका छन् । सुटिङका लागि सेट लगाइएको थियो ।

happy-days2

नेपालको छोटो सुटिङ सकेर निर्देशक चाम्स लण्डन उडेका छन् । फिल्मको बाँकी सम्पूर्ण सुटिङ त्यहाँ हुनेछ । फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई, नायिका प्रियंका कार्की र सञ्चारकर्मी संजय गुप्ता प्रस्तुत हुनेछन् । विक्की जोशीले यसै फिल्मबाट नव नायकको रुपमा डेव्यु गर्दैछन् ।

happy-days

विपी खनाल, भवानी शर्मा, हीरल जोशी र अशोक वंशालले ‘ह्याप्पी डेज’ मा लगानी लगाएका छन् । निर्देशक तथा निर्माता चाम्सले पछिल्लो फिल्म ‘वीर विक्रम’ लाई दर्शकले रुचाएका थिए भने व्यापारिक रुपमा पनि यो फिल्म सफल भयो ।

happy-days1

happy-days3

For More videos Log on to Mazzako TV