फिल्म ‘द विनर’ लाई सोलो रिलिजको मौका परेको छ । एकै मितिमा प्रदर्शनमा आउने भनी प्रचार गरिएको फिल्म ‘द फेमस’ को सेन्सर समयमा हुन नसकेपछि यो ग्याङस्टार एक्सन फिल्मलाई सोलो रिलिजको मौका परेको हो । के ‘द विनर’ ले सोलो रिलिजको फाइदा उठाउँला त ?

the-winner

हिक्मत बिष्ट निर्देशित फिल्म ‘द विनर’ मा मलिना जोशी, महेशमान श्रेष्ठ, मन्चिन शाक्य, रेशु तामाङ, राजकुमार पन्त र अमित गिरीको मुख्य भूमिका रहेको छ । अष्ट्रेलिया, दुबई र नेपालमा छायाँकन गरिएको यो फिल्मको नेपालमै दुई शो सम्पन्न भैसकेको छ । तिहार अगाडी आयोजना गरिएको प्रिमियर शोको केही झलकहरु मज्जा टिभीमा हेर्नुस् :

यस्तै फिल्म प्रदर्शन अगावै ‘द् विनर’ टिमले यसको सिक्वेल निर्माणको औपचारिक घोषणा गरेको छ । बिहिबार राजधानीमा प्रेसमिट गर्दै ‘द् विनर २’ निर्माणको औपचारिक घोषणा गरिएको हो । हिक्मत बिष्टकै निर्देशन रहने फिल्ममा प्रिक्वेलका केही कलाकारहरु रहनेछन् ।

the-winner-team

प्रदर्शनपुर्व नै किन गरिएको त ‘द विनर’ को सिक्वेल निर्माणको घोषणा ? ‘हामी पहिलो फिल्मबाट उत्साहित भएर सिक्वेल निर्माणमा लागेका हौं’ निर्देशक बिष्टले भने ।

For More videos Log on to Mazzako TV