२ करोड ग्रस कलेक्सनको चुनौती बोकेको जीवन लुईंटेल र संचिता लुईंटेल स्टारर फिल्म ‘राधा’ ले ६ दिनमा ७१ लाख ८० हजार कारोबार गर्न सफल भएको छ । यो व्यापारिक रिपोर्ट ‘राधा’ का अफिसियल मिडिया कोअटिनेटर अनुप भट्टराईको हो ।

jiban-sanjita

तिहारको छेकोमा रिलिज भएको यो फिल्मले भाईटीकाको भोलिपल्ट अर्थात हिजो बुधबार बाट देशब्यापी कलेक्सनको दौडमा गति लिएको हो । ‘सोचिए अनुसार थिएटर राम्रो नपाएका कारण ओपनिङमामा केही तनाव भएको थियो तर हिजोबाट फिल्मले राम्रो ब्यापार गरेको छ’ गृह जिल्ला झापामा रहेका निर्देशक योगेश घिमिरेले खुसी हुँदै प्रतिक्रिया दिएका छन् । दुई वटा ठूला हिन्दी र एक नेपाली फिल्मसंगै रिलिज भएका कारण देशभर जम्मा ३५ वटा पर्दामा मात्र यो फिल्म लागेको छ । ‘राधा’ प्रिमियरको झलक मज्जाको टिभीमा हेर्नुस् :

यस्तै वितरक एफडि कम्पनीका एक सदस्य प्रदीप कुमार उदयले ‘किस्मत २’ पछि ‘राधा’ को व्यापार राम्रो देखिएकाले फिल्मले सफलताको बाटो पक्रेको जनाएका छन् । तिहारको छुट्टी भएता पनि दर्शक हलमा नजाने अवस्थाका बाबजुत ६ दिनमा फिल्मले मोफसलका करिब २५ पर्दाबाट २७ लाख १३ हजार र राजधानीबाट ४४ लाख ६७ हजार कलेक्सन गर्दै कूल ७१ लाख ८० हजार ग्रस कलेक्सन गर्न सकेको हो । ससर्ती देशभरको कलेक्सन रिपोर्टलाई केलाउँने हो भने राजधानी तर्फ अष्टनारायण पिक्चर्समा फिल्मले सर्वाधिक कलेक्सन गर्न सफल भएको छ भने दोश्रो नम्बरमा गोपिकृष्ण मुभिज परेको छ ।

For More videos Log on to Mazzako TV