प्रणव मुखर्जी नेपाल आउँदा राजेश हमालले लेखे, ‘मित्रता भारी पर्ने भो’
मित्र राष्ट्र भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा भाईटिकाको भोलिपल्ट नेपालमा अघोषित कर्फु लाग्न गयो । मुखर्जीको स्वागतमा नेपाल सरकारले बुधबार सार्वजनिक छुट्टी नै दियो भने सवारीको आवागमन पनि ठप्प पारियो । सर्वसाधरणलाई सास्ती दिएर मित्र राष्ट्रका राष्ट्रपतिको स्वागत यसको बिरोध चारैतिर भयो । यस्तैमा नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले पनि यसमा असन्तुष्टि व्यक्त गरेका छन् । भारतिय राष्ट्रपति नेपाल आएकै दिन महानायक हमालले आफ्नो फेसबुकमा छोटो स्टाटस लेख्दै नेपाल सरकारको रवैयाप्रति असन्तुष्टि जनाएका हुन् । महानायक हमालले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मित्र राष्ट्रका प्रमुख आफ्नो देशमा छंदा हामीकहाँ नाकाबन्दी, हाम्रो देशमा आउँदा कर्फु, मित्रता भारी पर्ने भो !’
For More videos Log on to Mazzako TV