विश्वकै कान्छा निर्देशक सौगातको ‘हैरान’ सुटिङ सुरु
‘लभ यू बाबा’ निर्देशन गरेर गिनिज बुक अफ् द् वल्र्ड रेकर्डसमा विश्वकै कान्छा फिल्म निर्देशकको नाम लेखाएका सौगात विष्टले निर्देशन गर्ने दोश्रो फिल्म ‘हैरान’ को छायाँकन सुरु भएको छ । शंखमुलस्थित ग्यारेजको सेटबाट बिहिबारदेखि ‘हैरान’ को छायाँकन सुरु गरिएको हो ।

‘हैरान’ पारिवारिक फिल्म रहेको निर्देशक विष्टले सुटिङ सुरु हुनुपुर्व गरिएको प्रेसमिटमा बताए । ‘फिल्ममा कमेडी र इमोशन छ’ सौगातले भने । सौगातकी मम्मी सम्झना पोखरेल विष्ट कार्यकारी निर्माता रहेको फिल्ममा अभिनेता सरोज खनाल, नायक गजित विष्ट, नायिका निश्मा घिमिरे, गायक सत्यराज आचार्य, कलाकारहरु बुद्धि तामाङ ‘हैट’, पुष्कर रेग्मी, सागर लम्साल, बिनोद पौडेल र नव प्रस्तुतीको रुपमा आरोही शर्माको मुख्य भूमिका छ । कोरियोग्राफर गम्भिर विष्टले फिल्मको कथा लेखेका हुन् भने द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ । यस्तै मोडल सम्झना बुढाथोकीले फिल्ममा कस्ट्युम डिजाइन गरेकी छिन् ।

फिल्मको सम्पूर्ण छायाँकन काठमाण्डौं वरपरी र एउटा गीतको मोफसलमा हुनेछ । सुटिङ तालिका पैतालिस दिनको छुट्याइएको छ ।
For More videos Log on to Mazzako TV







