हल पुगिन् संचिता : निर्देशक भन्छन्, ‘व्यापार राम्रो छ’
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘राधा’ ले शनिबार दर्शकको साथ पाएको निर्देशक तथा निर्माता योगेश घिमिरेले बताएका छन् । घिमिरेका अनुसार शनिबार देशका कतिपय हलहरु हाउफसफूल भए । राजधानीका गुण, गोपी, अष्ट र कलंकी लगायत हलहरु हाउसफूल भएको उनको दाबी छ ।
यस्तै ‘राधा’ की राधा अर्थात नायिका संचिता लुईंटेल शनिबार बालाजुस्थित अष्ट नारायण हलमा पुगेकी छिन् । मध्यान्ह्को शोमा अष्टनारायण पुगेर संचिताले दर्शकसँग फिल्मबारे प्रतिक्रिया लिइन् भने दर्शकले उनीसँग सेल्फी लिए । फिल्ममा संचिताको अपोजिटमा नायक जीवन लुईंटेल छन् । ‘राधा’ लाई लक्ष्मी पूजा, गोवद्र्धन पूजा र भाई टिकाको फाइदा हुनेछ ।